• ‘एआई क्यामराले मात्र दुर्घटना कम हुँदैन’ भन्छन् मेलबर्नका प्रोफेसर निराजन शिवाकोटी
    Jul 8 2025
    नयाँ आर्थिक वर्षको सुरुवातसँगै मङ्गलवार, जुलाई १ देखि अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशहरूका सडक नियमहरूमा केही फेरबदल भएका छन्। त्यस मध्ये सवारी चालकले गाडी चलाइरहेको समयमा मोबाइल फोन लगाएको र सिट बेल्ट सही तरिकामा नलगाएको पत्ता लगाउने एआई क्यामेराको प्रयोग एक हो। पछिल्लो समय उकालो लागेका सडक दुर्घटनाहरू कम गर्न सरकारले चालेको यो कदम सहयोगी भए तापनि यसको पूर्ण प्रभावकारिताका लागि विविध बहुसांस्कृतिक पृष्ठभूमिका समुदायहरूलाई लक्षित श्रोत साधनहरू उपलब्ध गराइनु पर्ने मेलबर्नस्थित आरएमआईटी युनिभर्सिटीका प्रोफेसर निराजन शिवाकोटी बताउँछन्। यही सन्दर्भमा सडक सुरक्षामा रहेका चुनौती र त्यसका समाधानका बारेमा ‘ट्रान्सपोर्ट इन्जिनियरिङ’मा करिब दुई दशकदेखि कार्यरत रहेका शिवाकोटीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    Show more Show less
    36 mins
  • देशलाई नै स्तब्ध पार्ने मुद्दामा एरिन प्याटर्सन माथि लागेको आरोप प्रमाणित: अब के हुन्छ?
    Jul 8 2025
    पछिल्लो समय ‘मशरुम मर्डर’ भनेर अस्ट्रेलियामा मात्र नभएर अन्तर्राष्ट्रिय मिडियामा पनि चर्चित रहेको मुद्दामा जुरीले आफ्नो फैसला सुनाएको छ। सोमवार, ७ जुलाई २०२५ मा पूर्वी भिक्टोरियाको मोरवेल स्थित् लाट्रोब भ्याली ल कोर्ट्समा बसेको भिक्टोरियन सर्वोच्च अदालतको १२ सदस्सीय जुरीले एरिन प्याटर्सनलाई दोषी ठहर गरेको हो। दुई सन्तानकी आमा रहेकी ५० वर्षीय प्याटर्सनलाई आफूसँग छुट्टिएर बसेका श्रीमानका तीन आफन्तको हत्या र अर्का एक परिवारजनको हत्याको प्रयास गरेको आरोपमा दोषी पाइएको छ। अब यो मामिलामा के हुन्छ? एक रिपोर्ट।
    Show more Show less
    7 mins
  • साप्ताहिक नेपाल अपडेट: ‘कुलिङ अफ पिरियड’ हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन
    Jul 8 2025
    निजामती सेवा विधेयकमा व्यवस्था भएको 'कुलिङ्ग अफ पिरियड'का बारे हेरफेर गर्न संसदीय छानबिन कमिटी गठन, नेपाल चिकित्सक सङ्घको आह्वानमा सोमबार आकस्मिक बाहेक सेवा बन्द र नेपाल एएफसी विमेन्स एसियन कपको छनौटबाट बाहिरियो। यो लगायत पछिल्लो सात दिनका नेपालका समाचार सुन्नुहोस्।
    Show more Show less
    8 mins
  • Are all wild mushrooms unsafe? - अस्ट्रेलियामा उम्रने विषालु च्याउ कसरी चिन्न सकिन्छ?
    Jul 8 2025
    As Gippsland’s death cap mushroom poisoning trial concluded with Erin Patterson being found guilty of serving a death cap mushroom-laced lunch to her guests, we recall our conversation with Yakindra Timilsena, President of the Nepalese Association of Agriculture, Forestry, and Environment in Australia, about identifying toxic mushrooms and important safety precautions. Food research scientist Timilsena is also the current president of the Nepalese Association of Victoria. - आफन्तहरूलाई विषालु ‘डेथ क्याप’ च्याउ खुवाएर हत्या गरेको आरोपमा भिक्टोरियाकी एरिन प्याटर्सन हालै दोषी ठहर भएकी छिन्। यही सन्दर्भमा हामीले विषालु च्याउ कसरी चिन्ने र च्याउलाई सुरक्षित रूपमा कसरी खाने भन्ने विषयमा नप्लिज एसोसिएसन अफ एग्रिकल्चर, फरेस्ट्री एन्ड इन्भाइरमेन्टका अध्यक्ष एकिन्द्र तिमिल्सिनासँग केही समय अगि गरेको कुराकानी सुन्नुहोस्। तिमिल्सिना एक खाद्य अनुसन्धानकर्ता तथा वैज्ञानिक हुनुका साथसाथै नप्लिज एसोसिएसन अफ भिक्टोरियाका वर्तमान अध्यक्ष पनि हुन्।
    Show more Show less
    8 mins
  • SBS Nepali Australian weather update: Wednesday, 9 July 2025 - एसबीएस नेपाली अस्ट्रेलियन मौसम अपडेट: बुधवार, ९ जुलाई २०२५
    Jul 8 2025
    Australian weather update for Wednesday, 9 July 2025 in Nepali. - अस्ट्रेलियाका प्रमुख शहरहरूमा भोलि मौसम कस्तो होला?
    Show more Show less
    2 mins
  • SBS Nepali Weekly Wrap: Australia's top stories - एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    Jul 8 2025
    Listen to the top Australian news from the last seven days. - भिक्टोरियामा यहुदी समुदाय माथि आक्रमणका घटना बढेपछि नयाँ टास्क फोर्सको गठन, क्वान्टसद्धारा ग्राहकको व्यक्तिगत विवरण चोरी गर्ने ह्याकरले सम्पर्क गरेको सङ्घीय प्रहरीलाई जानकारी र विमान चढ्दा लिथियम ब्याट्रीका बारेमा सचेत रहन आग्रह गरिएको लगायत यस हप्तामा प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
    Show more Show less
    8 mins
  • एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ८ जुलाई २०२४
    Jul 8 2025
    आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    Show more Show less
    6 mins
  • Erin Patterson found guilty of all charges in mushroom murder trial - आफन्तहरूलाई विषालु च्याउ खुवाएर हत्या गरेको आरोपमा एरिन प्याटर्सन दोषी ठहर
    Jul 7 2025
    Erin Patterson has been found guilty of murdering three of her estranged husband's relatives and the attempted murder of another over a death cap mushroom-laced lunch. The jury of seven men and five women took seven days to reach its verdict following a high-profile trial that lasted about nine weeks. - आफूसँग छुट्टिएर बसेका श्रीमानका तीन आफन्तको हत्या र अर्का एक परिवारजनको हत्याको प्रयास गरेको आरोपमा भिक्टोरियाकी ५० वर्षिया एरिन प्याटर्सनलाई दोषी पाइएको छ। सोमबार, ७ जुलाई २०२५ मा पूर्वी भिक्टोरियास्थित मोर्वेलको एक स्थानीय अदालतमा १२ सदसीय जुरीले ‘मशरुम मर्डर’ भनेर चर्चित उक्त एक मुद्दामा आफ्नो फैसला दिएको हो।
    Show more Show less
    3 mins